धादिङः इँट्टा उद्योगमा बम विस्फोट !

धादिङ, जेठ ७ । दक्षिणी धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँट्टा उद्योगमा आज अज्ञात समूहले विस्फोट गराएको छ ।

बम विस्फोटका कारण इँट्टा उद्योगको चिम्नी, जेनेरेटर, ट्रयाक्टरलगायतको सामग्रीमा क्षति पुग्दा रु छ लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।

घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । ६ महिनाअघि बिप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकाले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । ६०० मजदुरले काम गर्ने उद्योगमा मजदुर नभएको मौकामा विस्फोट गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *