लुटेराको गज्जबको लुट्ने शैली ! माग्ने बनेर लुटे १ लाख बराबरको रकम

काठमाडौँ, जेठ ७ । काठमाडौँमा एक व्यक्तिको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ । पाँचथरको बामिडाँडा घर भइ नयाँ बसपार्क बस्दै आएका २३ वर्षीय मेगेन्द्र दुलालको रकम नयाँ बसपार्कमा लुटपाट भएको हो ।

दुलालले प्रहरीमा दिएको बयान अनुसार, दुलाल नयाँ बसपार्कबाट माइक्रो चढेर जमलस्थित राष्ट्रिय नाँचघर अगाडि झर्ने क्रममा अपरिचित व्यक्तिले श्रीमतिको शल्यक्रिया गर्नु पर्ने भएको भन्दै सहयोग मागेका थिए । र दुलालले खल्तीमा रहेको नगदबाट एक हजार रुपैयाँ दिन खोज्दा ती व्यक्तिले सबै रकम लुटेर भागेका थिए ।

लुटपाटमा संलग्नको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी प्रभाग, बसपार्कले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =