नेपाली अभिनेत्री मनिषाको बलिउड ‘लस्ट स्टोरी’ (ट्रेलरसहित)

नेपालका थुप्रै स्टारहरु छन् जो हिन्दी सिनेमामा आवद्ध छन् । धेरै बलिउडमा स्थापित हुन निकै संघर्ष गरिहेका छन् । त्यस्तै नेपाली अभिनेत्री मनिषा कोइराला पनि बलिउड फिल्म रमिरहेकी छिन् ।

नेपाली अभिनेत्री मनिषा कोइरालाले अभिनय गरेको बलिउड फिल्म लस्ट स्टोरीको ट्रेलर सार्वजनिक भएको छ ।

लस्ट स्टोरीमा उनले एक अधवैंशे महिलाको भूमिका निभाएकी छिन् जो आफ्नो श्रीमानको आँखा छलेर परपुरुषसँग अफेयरमा हुन्छिन् ।

करण जौहर, अनुराग कश्यम, जोया अख्तर र दिबाकर बेनर्जिले निर्देशन रहेको चलचित्रमा मनिषा, सञ्जय कपुर, राधिका आप्टे, भूमि, पेडणेकर, विक्की कौशल, कियारा आडवानी, नेहा धुपिया जस्ता स्टारहरुको मुख्य भूमिका रहेको छ ।

मनिषा कोइरालाले अभिय गरेको फिल्म ‘सञ्जु’ प्रदर्शनको तयारीमा छ । अभिनेता सञ्जय दत्तको वास्तविक जीवनमा आधारित बायोपिकमा मनिषाले सञ्जयकी आमा नरगिसको भूमिका निभाएकी छिन् ।

https://youtu.be/cH4mYC91omg”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *