बार्सिलोनामा इनियेस्टाको विदार्इ सुखद्, काैटिन्हाेले गरे निर्णायक गाेल

जेठ ७, एजेन्सी । स्पेनिस ला-लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिड्याडलाई पराजित गरेकाे छ । उक्त खेल बार्सिलाेनाले १-० जित्याे । बार्सिलोनाको यो सिजन अन्तिम खेल आन्द्रे इनियेस्टाका लागि स्पेनिस क्लबबाट अन्तिम खेल थियो।

बार्सिलोनाको जितमा भविष्यमा इनियेस्टाको भूमिका निर्वाह गर्ने आशा गरिएका लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्हो उत्कृष्ट गोल गरे । खेलको पहिलो हाफमा भ्रमणकारी टोलीले बार्सिलोनालाई दवावमा राखेपनि ब्राजिली खेलाडी कौटिन्होले ५७ औं मिनेटमा बक्स बाहिर बाँयाबाट दाँयापट्टी प्रहार गर्दै राम्रो गोल गरे।

करिब क्लबसँग २२ वर्षको सहकार्यपछि सिजनको अन्त्य पछि चिन जाने निर्णय सार्वजनिक गरेका ३४ वर्षे स्पेनिस मिडफिल्डर इनियेस्टालाई दुवै क्लबका समर्थक र खेलाडीहरुले विदाई गरे।

बार्सिलोना यो सिजन ला लिगा र कोपा डेल रे जित्न सफल भयो भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकाे थियाे । याे सिजन ला-लिगामा बार्सा एक खेलमा मात्र पराजित छ ।

हेर्नुहाेस् हाइलाइटस्

https://www.youtube.com/watch?v=3RVZIqvtqNo

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *