भ्रष्टाचार गर्ने प्रहरी नायव निरीक्षकसहित यातायातका कर्मचारी पक्राउ

काठमाडौँ, जेष्ठ ६ । यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरबाट भएको सवारी चालक अनुमति-पत्रको ट्रायल परिक्षा सञ्चालन गर्ने जिम्मा पाएका कर्मचारीहरु नै भ्रष्टाचारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

ट्रायल परिक्षामा समावेश नगरीकन पैसाको लेनदेन गरी परिक्षामा पास गराई भ्रष्टाचारजन्य कार्य गरेको देखिन आएकोले उनीहरु पक्राउ परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा ,रामशाहापथमा कार्यरत प्रहरी नायव निरीक्षक श्रीराम तिवारी लाई मिति २०७५।०२।०४ गते अनुसन्धानको सिलसिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

तिवारीसंगै भ्रष्टाचारमा संलग्न भएको आरोपमा खरिदार कमल स्याङतान र कार्यालय सहयोगीद्वय हरि बहादुर थापा र मिन बहादुर तामाङ्ग समेतलाई मिति २०७५।०२।०६ गते एकान्तकुना, ललितपुरबाट नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले आईतबार प्रेस विज्ञप्ती जारी गदै यो घटना सार्वजनिक गरेका हुन् । घटानाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *