फिल्म निर्माता वाग्लेबाट बरामद भएको नोट जाली भएको पुष्टि

 काठमाडौं, जेठ ६ । नेपाल राष्ट्र बैंकले चलचित्र निर्माता माधवराज वाग्लेको कोठाबाट बरामद भएको साढे २ करोड रुपैयाँ बराबरको नोट नक्कली भएको पुष्टि गरेको छ ।

जेठ २ गते काठमाडौँस्थित वाग्लेको कोठामा छापा हान्दा प्रहरीले एक हजार दरको दुई करोड ५२ लाख रुपैयाँ बराबरको नोटसहित वाग्ले पक्राउ परेका थिए।

वाग्लेबाट बरामद गरिएको नोट नक्कली भए नभएको पुष्टि गर्न काठमाडौं प्रहरी परिसरले राष्ट्र बैंकलाई पत्र काटेको थियो । बैंकले बरामद नोट जाली भएको पुष्टी गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘अदालतबाट कानुनी कारबाही प्रक्रिया अन्तिम किनारा लागेपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा ९४० मा भएको व्यवस्था बमोजिम सम्पूर्ण नोट यस बैंकमा दाखिला गर्नु पर्नेछ ।’

गत १ जेठमा काठमाडौं–२६, मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा सुर्खेत घर भइ कमलपोखरी बस्दै आएका २४ वर्षीय महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा दिएको पैसामाथि सञ्चालकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौँका विभिन्न ठाउँबाट घटनामा संलग्न वाग्लेसहित अन्य ६ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *