काम नगरी समय बिताउने कर्मचारी राष्ट्रसेवक हुन नसक्नेः मन्त्री पण्डित

पोखरा, जेठ ६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन् ।

कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकार सहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानु पर्नेमा जोड दिएका छन् ।

उनका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो । वार्षिक झण्डै साढे ६ लाखले लोकसेवा आयोग परीक्षाको तयारी गर्ने गरेका छन् ।

संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उनले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने आश्वासन दिएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *