थप उपचारका लागि मन्त्री यादवलाई थाइल्याण्ड लगिदैँ
२०७४ जेठ १५ गते

“
काठमाडौ, जेठ ६ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।
यसअघि उनको उपचार काठमाडौको नर्भिक अस्पतालमा हुँदै आएको थियो । उनलाई आइतबार दिउँसो साढे एक बजेको उडानबाट थाइल्याण्ड लगिँदैछ ।
अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका मातृका यादवका छोरा रवि किरणका अनुसार उनमा टाउको र कम्मरको समस्या छ । पछाडितिर टाउको अति नै दुख्न थालेपछि मातृकालाई अस्पताल भर्ना गरिएको थियो ।
रविकिरणले भने, ‘एकपटक थाइल्याण्ड गएर देखाउने सल्लाह डाक्टरहरुले दिनुभयो । त्यही भएर थाइल्याण्डको बुम्रुङमा उपचार गर्न लैजान लागिएको हो ।’
नर्भिकमा उनलाई डाक्टरहरु पंकज जलन, जीपी जयसवाल लगायतले हेरेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








