कालिकाेटकाे पलाता गाउँपालिका अध्यक्षले दिउसै मान्छे कुटे

जेठ ६, कालिकोट । कालिकोट जिल्लाको पलाता गाउँ पालिकाका अध्यक्षले एक स्थानीयलाई मरणासन्न हुनेगरि कुटपिट गरेका छन् । स्थानिय हरिराज बमलाई गाउँ पालिका अध्यक्ष लक्ष्मण बलले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।

गएको जेठ २ गते बुधबार पलाता गाउँपालिका घाटाचौर बजारमा बेलुकी ४ बजेतिर अध्यक्ष बमले स्थानीय एक्कासी हरिराज बमलाई कुटपिट गरेको स्थानीयले बताएका छन् । उनको जिल्ला स्थित एक अस्पतालमा उपचार भईरहेको छ ।

एक स्थानीयले घटनाको जानकारी दिँदै सो दिन झरना गाउँपालिकाको एक पसल अगाडी पिडित हरिराज बम र उनका साथीद्वय विपिन रोकाया र बसन्त शाही कुरा गर्दै बसेको अवस्थामा एक्कासी पछाडीबाट आएर अध्यक्ष लक्ष्मण बम, गंग बम, तपेन्द्र बम, अध्यक्षका साला विमल शाही लगायतले हरिराज बमलाई कुटपिट गरेका हुन् ।

‘मैले गाउँपालिकाको युवा स्वरोजगारअन्र्तगत तीन–चार महिनादेखि काम गरेपनि पैसा पाएको थिइन । साथीहरु विपिन र बसन्तसँग रक्सी खुवाउने विषयमा जिस्कँदै कुरा गर्दा ‘खै माओवादीहरुले काममा लगाए तर, पैसा दिएनन’ भनेर गफ गरिरहेको थिएँ । त्यसैबेला पछाडीबाट आएर गाउँपालिका अध्यक्ष र उसका मान्छेले कुटपिट गरे ।’ पिडित हरिराज बमले मकालु खबरसँग फोन सम्पर्कमा भने ।

अध्यक्ष लगायत चार जनाको कुटपिटबाट हरिराजको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । एक्कासी पछाडीबाट समातेर कुटपिट गरेपछि बेहोस भएका उनलाई आफन्तले अस्पताल पुर्याएका थिए । पिडित हरिराजले कुटपिटबाट शरीरको भित्री भागमा समेत चोट परेको बताए । ‘५–६ महिना अगाडीमात्र नशाको अप्रेसन गरेर बसेको थिएँ, अहिले छाती र मुटु दुख्न थालेको छ ।’ उनले भने ।

यस विषयमा पलाँता गाउँ पालिकाका अध्यक्ष लक्ष्मण बमसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

पिडित हरिराजले जिल्ला प्रहरी कार्यालय कालिकोटमा घाउ चोटपटक चेक जाँच गरिपाउँ भनेर जाहेरी दिएका छन् । उनले आज प्रहरी कार्यालयमा गएर पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले ज्यालाको विषयमा छलफल हुँदा कुटपिट गरेको भन्दै घाउचोटपटक चेक जाँचका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक निरज चौलागाईले जनाए । ‘गाउँ पालिकाका अध्यक्षले ज्यालाकाे विषयमा कुटपिट गरेकाे भन्दै घाउचाेटपटक चेक जाँच गरिपाउँ भनि निवेदन परेकाे छ ।’ प्रहरी निरिक्षक चाैलागार्इले पुष्टि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =