स्पेनिस ला लिगा : गाेल गरेपनि तेस्राे स्थानमै राेकियाे रियल मड्रिड

काठमाडौं, जेठ ६ ।  स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई २ – २ गोलको बराबरीमा रोकेको छ । ला लिगा सिजनको अन्तिम खेलबाट एक अंक जोड्दै रियल मड्रिडले ७६ अंकका साथ तेस्रो स्थान हासिल गरेको छ । भिल्लारियलले भने पाँचौं स्थान हात पारेको छ ।

भिल्लारियलको मैदानमा भएको खेलमा घरेलु टिम दुई गोलले पछि परेको अवस्थामा खेलमा फर्किएको थियो । ११ औँ मिनेटमा ग्यारेथ बेल र ३२ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भिल्लारियलले दुई गोल फर्कायो । ७० औं मिनेटमा रोजर मार्टिनेज र ८५औं मिनेटमा सामु कास्टेलोले गोल गरेपछि रियल अंक बाँँड्न बाध्य भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *