अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकको पहिरो हटाइयो, गाडी सुचारु

काठमाडौं, जेठ ६ ।  नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान खसेको पहिरो हटाइएको छ । बिहान ५ बजेतिर खसेको पहिरो केहीबेर अघि हटाइएको प्रहरीले जनाएको छ ।

पहिरो हटेपछि अहिले दुई तर्फी नै गाडी गुड्न थालेका छन् । तर दुई घण्टा जसो गाडी पहिरोका कारण रोकिएला चाप भने धेरै छ । बिहान कालीखोला नजिकै रहेको टोपे खोलामा पहिरो खसेको हो ।

यस अघि पनि यो क्षेत्रमा पटक–पटक पहिरो खस्ने गरेको थियो । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत काली खोलाको भागलाई निकै जोखिमयुक्त क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =