किरातीहरुको उभौली साकेला शिली समापन

“
सुनसरी, जेठ ५ । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सबै नेपाली विकासको बाटोमा अगाडी बढ्नु पर्ने बताएका छन् ।
किरात राई यायोक्खा सुनसरीले आज शनिबार धरान –१७ स्थित साकेला पार्कमा आयोजना गरेको उभौली साकेला शिली प्रदर्शनी कार्यक्रम–२०७५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सांस्कृतिक विविधताको जगमा उभिएको हाम्रो नेपाली समाजलाई अब एक ढिक्का भएर आर्थिक समृद्धिको लागि अगाडि बढ्नु पर्ने अहिलेको मुख्य आवश्यकता रहेको राईले बताएका छन् ।
हाम्रो सांस्कृतिक विविधताले संसार भर परिचित गराएको भन्दै उनले यसको संरक्षण गर्न सरकारले ऐन कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले सबै नेपालीको सजक्ताका कारण जाती, भाषा र धर्मका नाम अशान्ति मच्चाउन खोज्ने तत्वहरुको उदेश्य असफल भएको समेत दावी गरेका छन् ।
जातिय विभेद, उचनिच र ठुलासाना बिचको खाड्ललाई पुर्णका निमित्त स्थानिय, प्रदेश र केन्द्र सरकारले चाडै नै नयाँ निति र योजना अगाडी बढाउने मुख्यमन्त्री राईले जानकारी दिएका छन् ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै १ नंम्बर प्रदेशका सभामुख प्रदिप भण्डारीले आम नेपाली जनाताले एक अर्काको चाड पर्वलाई साझा पर्वको रुपमा सम्मान गर्नु हाम्रो समाजको विशिष्टता भएको दावी गरेका छन् ।
कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष तिलक राई र यायोक्खाका सुनसरी जिल्ला अध्यक्ष कमला राईले मुख्यमन्त्री राई र सभामुख भण्डारीलाई शिरमा फेटा लगाएर सम्मान गरेका थिए ।
किरात राईहरुको बाहुल्यता रहेको सुनसरीको धरानमा उभौली र उद्यौलि विशेष रुपमा मनाउने गरिएको किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले जानकारी दिएका छन् ।
कार्यक्रममा १ नंम्बर प्रदेश समितिका उपसभामुख सरस्वती पोखरेल, प्रदेश सभा सदस्य उमिता बराईली, बिना राई ,सावित्रि श्रेष्ठ, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिीती रहेको थियो ।
यायोक्खाले २०५७ सालदेखि साकेला शिली प्रतीयोगिताको आयोजना गर्दै आएको छ, १५ दिन अघिबाट शुरु भएको साकेला जिल्ला भर मनाएर आज समापन गरिएको हो ।
प्रतियोगितात्मक कार्यक्रममा जिल्लाभरीका २६ बटा टोलीको सहभागिता रहेको थियो ।








