‘ओभर कन्फिडेन्ट’ देखिए प्रत्युपादक हुन सक्ने: नेकपा अध्यक्ष प्रचन्ड

काठमाडौ, जेठ ५ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओभर कन्फिडेन्ट’ नदेखाउन र विपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

पार्टी एकतापछि शनिबार बसेको पहिलो संंसदीय दलको बैठकमा प्रचण्डले पार्टी एकतासँगै जिम्मेवारी बढेको बताएका छन् ।

विपक्षी दलहरुले ध्यानपूर्वक हेरेको र आफूहरुले साना ठूलो गल्तीहरु गर्दा तीनै गल्तीलाई एक्सपोज गर्ने क्रम बढेर जाने उनले बताएका छन् ।

पराजित भएको सेनाले युद्धबाट शिक्षा लिन्छ र युद्धकला सिक्न अझ महनत गर्छ भन्दै उनले सांसदहरुलाई एकतापछि बढ्ने विरोधलाई सामना गर्ने सामथ्र्य विकास गर्न आग्रह समेत गरेका छन् ।

ओभर कन्फिडेन्ट देखिए त्यो प्रत्युपादक हुन सक्ने भन्दै उनले भने, ‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन ।’

उनले पार्टी एकिकरणलाई राजनीतिक आन्दोलनको असाधारण परिघटनाको संज्ञा दिएका छन् ।

विश्वले अत्यन्तै चासोका साथ हेरेको तथा जनताको अपेक्षा पनि बढेको भन्दै उनले ठूला र महत्वपूर्ण आयोजनाहरु अघि बढाएर विकासलाई गति दिनु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *