धरानमा द नेक्स्टको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

जेठ ५, धरान । सुनसरीको धरानमा शैक्षिक मेला सुरु भएको छ । उच्च शिक्षाका लागि विद्यार्थीलाई ABROAD STUDY को परामर्श दिँदै आएको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा टप युनिभर्सल एकेडेमी धरानको ब्यवस्थापनमा भएको शैक्षिक मेलामा विद्यार्थीको घुईचो बढेको छ ।

धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा भईरहेको शैक्षिक मेलामा ABROAD STUDY मा जान चाहेका विद्यार्थीहरुलाई द नेक्स्टका मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुले परामर्श दिईरहेको द नेक्स्टका धरान शाखा प्रमुख प्रकाश लकान्द्रिले बताए ।

शैक्षिक मेलाबाट विद्यार्थीले वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया, न्युजल्याण्डका विभिन्न कलेज तथा विश्वविद्यालय, त्यहाँको शैक्षिक प्रणाली, भिजा प्रक्रिया, लागत तथा आवश्यक भाषा तयारीका विषयमा जानकारी लिन सक्ने आयोजकले जनाएको छ ।

कक्षा–१२ को परीक्षा दिएका विद्यार्थी तथा स्नातक गर्न विदेश जाने सोच बनाएका विद्यार्थीलाई एकै छानामुनि विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देश र विश्वविद्यालयका बारेमा विस्तृत् जानकारी दिनका लागि शैक्षिक मेलाको आयोजना गरिएको द नेक्स्टका प्रमुख कार्यकारी अधिकृत सालीग्राम भण्डारीले बताए ।

आज एक दिन हुने उक्त शैक्षिक मेलाको उद्धघाटन धरान उपमहानगरपालिकाकी उप मेयर मन्जु भण्डारीले गरेकी थिईन् । शैक्षिक मेलामा धरान, इटहरी, पानमारा लगायतका क्षेत्रबाट पाँच सय बढि विद्यार्थीको सहभागिता रहने आयोजकको दावि छ । कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत धरानका कलेजका प्राध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *