बिपन्न विरामीको दर्विलो सहारा बन्दै नोबेल अस्पताल (भिडियो रिपोर्ट)

बिराटनगर, ३ जेठ । बाल्यावस्थामै धेरैवटा रोगले सताएका छोराको उपचार गर्ने पैसा नहुँदा समस्यामा रहेकी पाँचथर फिदिमकी डिकमाँया तामाङले यो समस्याबाट अहिले छुटकारा पाएकी छन् । बिपन्न बिरामीलाई उपचारमा सघाउँदै आएको बिराटनगरको नोबेल शिक्षण अस्पतालले १८ महिनाका छोरा सनिस तामाङको निःशुल्क उपचार गरेपछि तामाङ परिवारको यो समस्या समाधान भएको हो ।

क्षयरोग, निमोनिया र फोक्सोमा पानी जमेको समस्याका कारण सनिस बाल्यवस्थामै थलिएका थिए । दैनिक ज्यालादारी गरेर जिबिका गर्दै आएको डिकमाँयाको परिवारले छोराको उपचारका लागि धेरैवटा अस्पताल लगेपनि निको नहुँदा निरास थिए । तर, नोबेल अस्पतालले वालकलाई निको पार्नुमात्र नभएर उपचार पनि निःशुल्क गर्दिएपछि तामाङ परिवारलाई राहत मिलेको हो ।

पैसा नभएका कारण बच्चाको उपचार गर्न नसकेको जानकारी पाएर नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले सनिसलाई निःशुल्क उपचारको ब्यवस्था मिलाईदिएका हुन् ।

फिदिम–४ चारबारी घर भएको तामाङ परिवारले दैनिक ज्यालादारी नगरे उनीहरुको चुलोमा आगो बल्दैन् । श्रीमान घर बनाउँने मिस्त्री काम गर्छन् भने श्रीमति पनि ज्यालादारी काम गर्छिन् । जिविकोपार्जनमै धौ–धौ भईरहेको तामाङ परिवारले छोराको उपचारका लागि पाँचथर र झापाका दुई अस्पतालमा लगेको भएपनि त्यहाँ ठिक नभएपछि नोबेल ल्याएका हुन् ।

केहि दिनअघि पनि नोबेल अस्पतालले मोरङको पथरी शनिश्चरे–१० का ५ बर्षीय बालक सौजन लिम्बु र सुन्दरहरैचा–१० की ६० बर्षीया छलमाँया श्रेष्ठको पनि निःशुल्क उपचार गरेको थियो । नोबेल अस्पतालले अनिस, सौजन र छलमाँया जस्ता धेरै बिपन्न बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

२०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । अस्पतालबाट ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार मुल्य वरावरको निःशुल्क उपचार गरिएको छ भने स्वास्थ्य शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीले निःशुल्क उपचार पाएको नोबेल अस्पतालले जनाएको छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=fCsLCOCQtfc&t=1s”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *