सुपारी चाम्रोपछि एकनारायण भण्डारी र बिमलराज क्षेत्री फेरि संगै ‘झरेको फुल’ मा (भिडियोसहित)

धुलो परे पखाल्थे पानीले
आँखा घोच्यो आखैको नानीले
तिमीबिना भाको छु सस्तो
झरेको केश, काटेको नङ जस्तो
झरेको फुल डालीमा टासेजस्तै भए
छुटेपछितिम्रो साथ फुटाएको ऐना टुक्रा,टुक्रा जोडेर गासेजस्तै भए
यी शब्द हुन चर्चित गीतकार तथा संगीतकार एकनारायण भण्डारीको लोकदोहोर गीत झरेको फुलमा समेटिएका शब्द ।

चलचित्र, आधुनिक र लोकदोहोरी गीत लेखनमा अब्बल र सफल मानिएका गीतकार भण्डारीको भर्खरै मात्र ‘झरेको फुलु’ लोकदोहोरी भिडियोसहित बजारमा आएको छ ।

गीतमा सदाबहार लोकप्रिय अनि मिठो आवाजका धनी लोक गायक विमलराज क्षेत्री र गायीका विष्णु माझीको आवाज रहेको छ । क्षेत्रीका सबै गीत दर्सक, श्रोताले मन पराएका छन् । क्षेत्रीका ‘माया लाएर, काफल पाकेको, सुपारी चाम्रो, औँठी कुसैको, माया कहाँ होला ? सुनकेशरी माया, कस्लाई माया साँच्ने, झल्को आयो बढि,मधु बनैमा, रानी घाटैमा, बल्लै भो भेट, जापान टोकियो, अंगुर अमिलो, हिमाल सेतै छ, एक्लो परानी, जाउ न माया जाउ,मायालु कहाँ होला, धानको सिरौला र माया कहाँ भएछ जस्ता गीतहरु अत्याधिक रुचाईएका हुन् । झरेको फुल हिजोमात्रै सार्वजनिक भएको हो तर दर्शक, श्रोताले धेरै मन पराएका छन् ।  सुपारी चाम्रो र काफल पाकेकोपछि एकनारायण भण्डारी र क्षेत्रीको यो तेस्रो गीत हो ।

 सितारा म्युजिक प्रा।लीले बजार व्यवस्थापन गरेको गीत म्युजिक नेपालको युटुव च्यानमार्फत बजारमा आएको छ ।

लोकदोहोरी गीतमा आफ्नो जिवन्त अभिनय देखाएर दर्सक, श्रोताको मन जित्न सफल कलाकार महेन्द्र गौतमले यस गीतकाे निर्देशन गरेका छन् भने सगुन शाही र देबेन्द्र क्षेत्रीको अभिनय रहेको छ । गाैतमकाे याे निर्देशन पहिलाे हाे । गौतमको निर्देशनमा यो गीत पहिलो भएपनि भिडियो निकै राम्रो बनेको छ । उनको पहिलो भिडियोलाई दर्शकले धेरै रचाएका छन् । अभिनयमा जस्तै  निर्देशनमा पनि सफलता मिलाेस हाम्राे कामना ।

https://www.youtube.com/watch?feature=youtu.be&v=xERY8xjCagc&app=desktop”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =