सन्दीप लामिछानेकाे उत्कृष्ट प्रदर्शनमा दिल्ली डेरडेभिल्स विजयी

एजेन्सी । नेपाली बलर सन्दीप लामिछानेकाे उत्कृष्ट प्रदर्शनमा भिभो आइपिएल २०१८ काे अाजकाे खेलमा दिल्ली डेरडेभिल्स विजयी भएकाे छ । नेपालका युवा स्पिनर सन्दीप लामिछानेकाे एक विकेटकाे मद्दतमा दिल्ली डेरडेभिल्सले चेन्नाई सुपर किङ्सलार्इ ३४ रनले पराजित गर्न सफल भएकाे हाे ।

नेपालका युवा स्पिनर सन्दीपले ४ अाेभर खेल्दै २१ रन खर्चेर १ विकेट लिन सफल भए । उनले किफायति वलिङ गर्दा दिल्ली डेरडेभिल्स चेन्नार्इलार्इ सस्तैमा समेट्न सफल रह्याे । सन्दीपले अाजकाे खेलमा स्टार्इलिस प्लेयर एवार्ड समेत प्राप्त गरे ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ रन जोडे । सुरेश रैना (१५ रन), महेन्द्र सिंह धोनी (१७ रन) र शेन वाट्सन (१४ रन) क्रिजमा धेरै टिक्न सकेनन् ।

दिल्लीको जितमा सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै उनले ६ रन खर्चेका थिए ।

खेलको १४ औं तथा आफ्नो तेस्रो ओभरको पहिलो बलमै सन्दीप रैनाको विकेट लिन सफल भए । त्यस्तै १६ औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्दा सन्दीपले ११ रन दिए । ४ ओभरमा सन्दीपले २१ रन दिए । अमित मिश्रा र ट्रेन्ट बोल्टले दिल्लीका लागि २-२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको थियो । दिल्लीका लागि रिसभ पन्तले ३८ रन तथा अन्त्यमा हर्सल पटेल र विजय शंकरले समान ३६ रन बनाएका थिए ।

चेन्नाई १३ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्लीको अब ८ अंक रहेको छ ।

खेलपछि सन्दीपले भारतीय मिडियासँग कुराकानी गर्दै सम्पूर्ण नेपाली खेलप्रेमीलार्इ समेत धन्यवाद दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *