अाइपीएल लिगः अन्तिम चारकाे लडार्इ, कसले बाजी मार्ला ?

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष चार भित्र पर्ने टिममध्ये २ टिमको टुंगो लागेको छ। बाँकी २ टिमको टुंगो अन्तिम खेलपछि मात्र लाग्ने भएको छ। सहभागी ८ टिमले १४ खेल खेल्देछन्। अहिलेसम्म सबै टिमले १३ खेल पुरा गरिसकेका छन्।

शीर्ष स्थानमा रहेका सनराइज हैदारावाद र चेन्नई सुपर किङ्स प्लेअफमा पुगिसकेका छन्। अब दिल्लीबाहेक बाँकी ५ टिमको प्लेअफ सम्भावना उत्तिकै छ।

मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाब क्रमशः चौथो पाँचौ, छैठौं र सातौ स्थानमा छन्। सबै टिमले १३/१३ खेल खेलिसकेका छन्। उनीहरूले समान ६ जितसहित १२/१२ अंक बटुलेका छन्। सबै टिमलाई १४ अंक बटुल्ने मौका छ। राम्रो रन रेटका आधारमा अन्तिम चारमा प्रवेश गर्ने टोलीको छनोट हुनेछ।

यसैबीच समान खेलबाट २ अंक बढी अर्थात १४ अंकसहित तेस्रो स्थानमा रहेको कोलकोता नाइट राइडर्सलाई सहज छ। यद्यपी उसले अन्तिम खेलमा शनिबार शीर्ष स्थानको सनराईज हैदारावादसँग पराजित भए उसको पनि १४ अंक नै रहन्छ। र तलका चार टिम जस्तै राम्रो रनरेटका आधारमा अन्तिम चारमा प्रवेश गर्नुपर्ने हुन्छ। तर उसले हैदारावादलाई हराए दोस्रो या तेस्रो हुँदै प्लेअफमा पुग्नेछ।

विराट कोहलीको टिम बैंगलोरले बिहिबार सनराइजर्स हैदराबादलाई हराउँदै प्लेअफ सम्भावना जिवितै राखेको हो। पछिल्लो खेलमा बैंगलोरको ब्याटिङ र बलिङ राम्रो सुधारिएको छ। अघिल्लो खेलमा हैदरावादले दिएको १४६ रनको लक्ष्यसमेत भेट्टाउन नसकेको उसले बिहिबार २१८ रन बनाउँदै १४ रनले विजयी भयो।

आईपीएलको यो सिजनमा अब ५ खेल बाँकी छन्। यी पाँच खेलबाट प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ। यसमध्ये आज हुने दिल्ली र चेन्नईको खेलले कुनै महत्व राख्दैन। दिल्लीले प्लेअफ मौका गुमाएको छ भने चेन्नई प्लेअफमा छनोट भइसकेको छ।

आज चेन्नईले दिल्लीलाई हराए शीर्ष स्थानमा पुग्ने मौका पाउनेछ। यता दिल्लीले पनि चौथो जितको खोजिमा रहनेछ। यसको असली लडाई शनिबारबाट सुरू हुनेछ। जसमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्नेछन्।

यसमा जुन टिम पराजित हुन्छ त्यो टिम प्लेअफबाट बाहिरिनेछ। यसका साथै शनिबारनै हुने अर्को खेलमा कोलकाताले हैदरावादको सामना गर्नेछ। उक्त खेलमा कोलकत्ताले जिते ऊ प्लेअफमा छानिनेछ हारेमा बाँकी खेल पर्खनुपर्ने हुन्छ।

सोमबार दिल्ली र मुम्बईम आमने सामने हुनेछन्। यदि उक्त खेलमा मुम्बई दिल्लीसँग पराजित भए प्लेअफ दौडबाट बाहिरनिनेछ। जित्यो भने अरूको खेलमा भर पर्नेछ।

अन्तिम खेलमा चेन्नई र पञ्जाब भिड्नेछन्। पञ्जावालाई पनि प्लेअफमा स्थान बनाउन कुनै हालतमा जित्नै पर्ने हुन्छ। यदि हार्‍यो भने उसले पनि प्लेअफको दौडबाट बाहिरिनुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =