मकालु एयर दुर्घटनामा १३ लाखको खाद्यान्न नष्ट
२०७४ जेठ १५ गते

“
हुम्ला, जेठ ४ । यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको रु १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ ।
जहाजमा व्यापारी खड्काको चाउचाउ, धूलो दूध, पेय पदार्थ लगायत खाद्य सामग्री रहेको उनले जानकारी दिइन् ।
सुर्खेतबाट हुम्लाका लागि खाद्यान्न लिएर आएको मकालु एयरको उक्त जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा चालकदलका दुई सदस्यको समेत निधन भएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








