कामना बेकरी क्याफे तीन बर्षमा प्रवेश गरेको उपलक्ष्यमा ग्राहकलाई विशेष अफर

धरान, जेठ ४ । कामना डेरी एण्ड बेकरी क्याफेले आफ्ना तीन वर्ष प्रवेश गरेसँगै ग्राहकहरु माझ विभिन्न अवसरहरु प्रस्तुत गरेका छन ।

क्याफेले शुक्रबार क्याफेमै पत्रकार सम्मेलनको आयोजना गरी सो सेवा सुविधाका बारेमा जानकारी गराएको हो ।

सो अवसरमा क्याफेका सञ्चालक तथा होटल एशोसियसन अफ धरानका संस्थापक अध्यक्ष कमलेश श्रेष्ठले क्याफे तेश्रो वर्ष पुगेको अवसरमा ग्राहकहरुलाई फरक स्वादमा फरक पन दिने उद्देश्यले बफे ब्रेक फास्ट तथा बफे डिनरको कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए ।

जहाँ आउने ग्राहकहरुले आफैँले तोकिएको मुल्यमा ब्रेक फास्ट तथा डिनर आफुले पेटभरी खान पाउनेछन् । पहिले बेकरी आईटम मात्र राख्ने गरीएको भएपनि हाल आएर सो क्याफेमा परम्परागत खाना ल्याउनुका साथै किनीमा, नेवारी खानाका परिकार, किराती खानाका परिकारका साथै चाईनिज, कन्टेनल, स्वीट केक, लगायतका परिकारहरुको स्वादहरु लिन सकिने श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार, सो अवसर पाँच दिनका लागी खुल्ला गरीएको र थप दिनहरुमा अन्य स्वादहरु बढाउँदै लगिने छ ।

श्रेष्ठ र उनका छोरी स्तुती श्रेष्ठ दुबैजनाको प्रयासमा सञ्चालनमा आएको सो क्याफेको कुल लागत ८० लाख रहेको छ भने सोही क्याफेले धरानका १५ जनालाई रोजगारीको अवसर समेत जुटाइदिएको छ । क्याफेका सञ्चालक श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =