नोबेलमा निःशुल्क रक्तचाप परिक्षण र प्रभातफेरी

बिराटनगर,जेठ ३ । विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर विहिबार नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क रक्तचाप परिक्षण र प्रभातफेरी गरेको छ । दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको हो ।

ठुलो मिल चौकबाट सुरु भएको प्रभातफेरी तिनपैनी हुँदै पुनः सोहि स्थानमा आएर समापन भएको थियो । प्रभातफेरीमा ब्यानर र प्लेकार्डसहित स्वास्थ्यकर्मी, कर्मचारी र बिद्यार्थी सहभागि थिए ।

कार्यक्रममा नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले उच्च रक्तचापका लक्षण, कारक तत्व र नियन्त्रणका उपायका वारेमा जानकारी गराए ।

यता नोबेल शिक्षण अस्पताल हाताभित्र निःशुल्क रक्तचाप परिक्षण कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा २ सय ४० जनाको निःशुल्क रक्तचाप परिक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *