यात्रुलाई जबरजस्ती गाडीमा चढाउन खोज्ने पक्राउ

धरान, जेठ ३ । क्षमता भन्दा बढि यात्रु बोक्ने र यात्रुलाई जबरजस्ती रुपमा गाडीमा चढाउन खोज्ने न्यु सुपर माला ट्राभल्सको यात्रुबाहक बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरानबाट बिराटनगरसम्म चल्ने १ ख २७६१ नम्बरको बसका चालकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी घर भई सुनसरीको इटहरी बस्ने सन्तोष अधिकारी रहेको वडा प्रहरी कार्यालय धरानले जनाएको छ ।

ट्राफिक प्रहरीले बसमा चढन लागेका यात्रुहरुलाई तानातान गरी दुर्व्यवहार गरेको र क्षमताभन्दा बढी यात्रु राख्ने गरेको बारम्बार चेतावनी दिँदा पनि अटेर गरेकोले पक्रिन बाध्य भएको जनाएको छ ।

सुनसरीमा यात्रुवाहक सवारी साधनले बारम्बार क्षमता भन्दा बढि यात्रु बोकेको भन्दै गुनासो बढन थालेपछि ट्राफिक प्रहरीले बढि यात्रु चढाउन रोक लगाएको थियो ।

सडक दुर्घटना कम गर्न र सवारी साधनमा यात्रा ब्यवस्थित गर्न प्रहरीले यस्तो कदम चाल्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =