वातावरण प्रदुषणमा टेवा पुग्ने गरी धनगढी-खप्तड साइकल यात्रा शनिबारदेखि

कैलाली, जेठ ३ । कैलालीका तीनजना युवाले जेठ ५ गतेदेखि धनगढी-खप्तडसम्मको साइकल यात्रा गर्ने भएका छन् ।

बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लायन्स क्लब अफ कैलाली फारवेष्टले सो कुराको जानकारी दिएको हो ।

क्लबका अध्यक्ष नरबहादुर राईले धनगढी उपमहानगरपालिका २ का विवेक शर्मा र खगेन्द्र सिंह धामी त्यस्तै गोदावरी नगरपालिका ८ मजगाउँका भरतविक्रम शाहीले साइकलमा धनगढीदेखि खप्तडसम्मको यात्रा गर्ने बताएका छन् ।

उनले पहिलो पटक खप्तडसम्मको एकहप्ते साइकल यात्रामा निस्कने यो टोली पहिलो भएको बताएका छन् ।

टोलीका सदस्य शाहीले कैलाली भ्रमण वर्ष मनाइरहदा थालेको साइकल यात्राले आन्तरिक तथा बाहृय पर्यटकलाई समेत टेवा पुग्ने बताएका छन् ।

उनले नेपालको स्वर्ग भनेर चिनिले खप्तडको प्रचार प्रसार समेत हुने भएकाले आन्तरिक तथा बाहृय पर्यटकहरुको आगमनमा समेत बृद्धि हुने बताए ।

साइकल यात्राले शारीरिक रुपमा मात्रै नभएर मानसिक रुपमा बलियो बनाउने र वातावरण प्रदुषणमा समेत सहयोग पुग्ने भएकाले सबैलाई सन्देश दिन सकियोस भनेर धनगढी-खप्तड साईकल यात्रा गर्ने सोच बनाएको टोलीका अर्का सदस्य शर्मा र धामीले जानकारी दिए ।

कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दीपक सिंहले कैलालीमा साईकल संघ नभएका कारण साइकलका गतिविधि गर्न नपाएको बताउँदै आगामी दिनमा यो यात्राले साइकल संघ गठन गर्न सहयोग पुग्ने बताए ।

जेठ ५ गते विहान धनगढीको ट्राफिक चौराहाबाट शुरु हुने यात्रा बुडर, भातकाँडा, शिलगडी हुदै ९ गते खप्तड पुग्ने साइकल यात्रीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =