करिब दुई करोड रुपियाँ नक्कली नोटसहित ६ जना प्रहरीको फन्दामा

काठमाडौँ, जेठ २ । प्रहरीले साढे दुई करोड रुपियाँ नक्कली नोटसहित ६ जनालाई पक्राउ गरको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोट साढे २ करोडसहित ६ जनालाई पक्राउ गरेको हो ।

बुधबार अपरान्ह साढे ५ बजे पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । उनीहरुलाई परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको प्रहरीले जनाएका छन् ।

प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट करिब दुई करोड रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *