झापाको एक विद्यालय जहाँ भारतको झन्डा हाम्रो र प्रधानमन्त्रीको नाम नरेन्द्र मोदी पढाईन्छ (भिडियोसहित)

झापा, जेष्ठ २ । झापामा एउटा यस्तो स्कुल छ जहाँ ईन्डियन पब्लिकेशनका किताव मात्रै पढाईदैन , त्यस विद्यालयमा हाम्रो देश भारत हो, हाम्रो देशका प्रधानमन्त्री नरेन्द्र मोदी हुन्, हाम्रो देशको राजधानी दिल्ली हो, हाम्रो भाषा हिन्दी हो भनेर पढाईन्छ ।

झापाको दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलमा पढाई हुने कक्षा १ को न्यू एजुकेशन कन्भर्सेसन नामको पुस्तकमा त हाम्रो देशको नाम भारत, हाम्रो देशको राजधानी दिल्ली र प्रमुख शहर भन्दै भारतीय शहरहरुको नाम उल्लेख गरिएको छ । हाम्रो देशको प्रधानमन्त्री भनेर नरेन्द्र मोदीको तस्बिर सहित देखाउदै पढाईन्छ ।

हाम्रो राष्ट्रिय झण्डा हो भन्दै विद्यार्थीलाई भारतको झण्डा देखाउदै पढाईन्छ यस्तो गैह्रजिम्मेबार कार्यमा संलग्न विद्यालय सञ्चालक र शिक्षाको ज्योति छर्ने प्रिन्सिपललाई किन कार्वाही भएको छैन् ?

यतिमात्रै कहाँ हो र ? यस विद्यालयमा एउटै कक्षा कोठामा ५० जना भन्दा बढि विधार्थीहरु राखेर पढाईन्छ । विद्यालयका हाताभित्र अभिभावकलाई समेत छिर्न दिईदैन ।

सुर्योदय बोर्डिङ स्कूलका सञ्चालकहरुले राष्ट्रियतामा गम्भिर खेलवाड गरिहेका छन् । कसले दियो यो विद्यालयलाई अनुमति हाम्रो देशको प्रधानमन्त्री नरेन्द्र मोदी हो भनेर पढाउन ?

बिद्यार्थीहरुलाइ आफ्नो जन्मभूमि भारत भनेर पढाउने गरेको र राष्ट्रिय झण्डा सहित सबै भारतको नै उल्लेख भएका कितावहरु पढाउने गरेको पाईएपछि दमकमा यो विषयले तहल्का मच्चाएको छ । राष्ट्रियतामाथि गम्भिर प्रश्न खडा गरेको छ ।

आभिभावकहरुले यो विद्यालयका बारेमा गुनासो गरेपछि नगरपालिकाले यो विद्यालयका प्रिन्सीपल भारतीय नागरिक म्याग्डेनियल सिंहसँग स्पष्टीकरण माग गरेको छ ।

दमक नगरपालिकाले प्रकाशन गरेको राजपत्रको शिक्षा सम्बन्धिको परिच्छेद ६ को ३ दशमलब ३ नम्बर बुदामा उल्लेख भए अनुसार स्थानिय तहका बिद्यालयमा पठन पाठन हुने पाठ्यक्रम मन्त्रालयले निर्धारण गरे बमोजिम हुने छ भनेर प्रस्टै तोकिएको भए पनि दमकको सुर्योदय इंङलिस बोर्डिङले नगरपालिकाको राजपत्रकै खल्ली उडाउदै आफुखुशी भारतीय राष्ट्रियताका पाठ्यपुस्तक पढाउदै आएको छ ।

विद्यालयकी प्रिन्सिीपलले पनि भारतीय पब्लिकेशनका पाठ्यपुस्तकहरु पढाउने गरेको स्विकारेकी छन् । दमक नगरपालिका उपप्रमुख गीता अधिकारी सहितको टोलीले केही दिन अघि अनुगमन गर्दा भारतीय पुस्तक पढाउदै आएको पाइएको र त्यो रोक्न निर्देशन दिईसकेको छ ।

दमक नगर शिक्षा अधिकृत शालिकराम काफ्लेले बिद्यालयलाई विद्यालयको अनुगमन गरिसकेपछि २४ घण्टे स्पष्टिकरण काटिएको जनाएका छन् । शिक्षा अधिकृत काफ्लेले तोकिएको समयभित्रमा स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने बताएका छन् ।

उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेशनका ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको भेटिएका छन् ।

सूर्योदय इङ्लिस बोर्डिङ स्कुल दमककी प्रिन्सीपल म्याग्डेनियल सिंह भारतिय नागरिक भएकै कारण उनले यी पाठ्यपुस्तकको अध्ययन गराउदै आएकी छन् ।

आफुखुसी मनोमानी ढंगले स्वीकृतबिनाका पाठ्यपुस्तक पढाएको प्रिन्सीपल सिंहले स्वीकार गर्दै त्यस्ता पुस्तक हटाउने र अबदेखी ती पुस्तक विद्यालयमा नपढाउने प्रतिवद्धता जनाएकी छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस । (भिडियो स्रोत : सवाल नेपाल)

https://youtu.be/2H3G2hSsEWk”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *