सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २ । प्रतिनिधिसभाको नियमावलीमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने भएको छ ।
नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरु विभाजित भएपछि सभामुख कृष्ण बहादुर महराले मंगलबार अनौपचारिक रुपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका थिए ।
छलफलमा दलहरुबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








