जग्गाको लोभ देखाएर पार्टि सदस्यता बितरण

सुनसरी, जेष्ठ १ । सदस्यता लिएबापत सुनसरीको कोशी टप्पुमा जग्गा उपलब्ध गराउने भन्दै सर्वसाधारणलाई सदस्यता बनाउदै गरेको अवस्थामा नेशनल मंगोलयन अर्गनाइजेशन पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्यत्रमा लिएको छ ।

धरान १५ स्थित सदन रोडमा रहेको मंगोलियन अर्गनाइजेशन पार्टीका कार्यकर्ताहरुले आफना पार्टीको सदस्यता बने कोशी टप्पुमा जग्गा उपलब्ध गराउने भन्दै सदस्यता बनाउदै गरेको अबस्थामा सो पार्टीका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
बिशेष सुचनाको आधारमा छापा मार्दा सर्वसाधारणहरुलाई जग्गाको लोभ देखाएर सदस्यता फारम भर्दै गरेको पाइएकोले चारजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडलले जानकारी दिएका छन् ।पार्टीका जिल्ला सदस्य काजीमान राई, नरबहादुर राई लगायतका कार्यकर्तालाई प्रक्राउ गरिएको बुझिएको छ ।

पीडितको बयान र प्रहरीले बरामद गरेको नागरिकता लगायतका कागजातबाट समेत प्रष्ट भएकोले उनीहरुको विषयमा छानविन भइरहेको बताउदै उनीहरुलाई सार्वजनिक मुद्दा अनुरुप कारबाही अगाडि बढाइने डीएसपी पौडेलले बताए ।

उता सोही विषयमा पीडित सर्वसाधारणले समेत आफूहरुलाई जग्गा दिन्छु भनी उनीहरुले सदस्यता वितरण गरेको गुनासो पोखेका छन् ।

प्रहरीले उनीहरुले जग्गा दिनका लागि भर्ने गरिएको फारमसहित ५० भन्दा बढी सर्वसाधारणको नागरिकता समेत बरामद गरेको छ भने धरान ६ की चन्द्रकुमारी तामाङ, धरान ३ की माया तामाङ र धरान २ की वृहस माया तामाङले प्रहरीमा लिखित उजुरी नै दिएका छन् ।

सोही बिषयमा नेशनल मंगोलियन पार्टीका केन्द्रीय सदस्य दिनेश राईले आफूहरु संगठित हुँदा राज्यबाट दमन गर्न खोजिएको आरोप लगाएका छन् भने सदस्यता वापत उनीहरुले प्रत्येक ब्यक्तिसंग ५० रुपैया लिने गरेको स्वीकार समेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =