जिल्ला हुलाक कार्यालय सुनसरीद्धारा पर्वतकी पाठकलाई बिदाई

सुनसरी, जेठ १ । जिल्ला हुलाक कार्यालय सुनसरीमा २०७२ साल असोज १० गतेबाट हलकारा पदमा कार्यरत्त पर्वतकी कृष्ण कुमारी पाठकलाई बिदाई गरीएको छ ।

जिल्ला हुलाका कार्यालय सुनसरी धरानले विभिन्न कार्यालयमा कर्मचारी सरुवा बढुवा भईरहेने प्रक्रिया अन्र्तगतको सोही पदमा रही सुनसरीबाट पर्वतकै कुसुमा जिल्ला हुलाक कार्यालय सरुवा भई जान लागेका सरकारी कर्मचारीलाई बिदाई गरेको छ ।

जिल्ला हुलक कार्यालय सुनसरीबाट सरुवा भई जिल्ला हुलाक कार्यलय कुसुमा जान लागेका पाठकलाई विदाई गरिएको हो ।

बिदाई कार्यक्रममा जिल्ला हु्लाक कार्यालय सुनसरी धरानका निमित्त कार्यकारी प्रमुख तथा नायब सुब्ब रमेश घिमिरेले कार्य सफलताको शुभकामना दिनुका साथै जिल्ला हुलाक कार्यलय सुनसरीमा कार्यरत्त सम्पुर्ण कर्मचारीको तर्फबाट मायाको सम्झना स्वरुप करुवा तथा अबिर, फुलमाला लगाएर बिदाई गरेका थिए ।

राज्यको सेवा सुविधा लिएका कर्मचारीले नागरिकको सेवा जिम्मेवारीका साथ निभाउन समेत कार्यक्रममा घिमिरेले पाठकलाई आग्रह गरेका थिए ।

कार्यक्रमा जिल्ला हुलाका कार्यालय धरानका नायव सुब्ब मनका श्रेष्ठ, खरिदार रुपा तिवारी, केशर लक्ष्मी रायमाझी, रजनी तुम्वहाम्फे, खरिदार उर्मिला पोख्रेल, हलकारा आत्मराम धमला तथा कार्यलयका सम्पुर्ण कर्मचारीहरु भावना साटासाट गर्दै स्वागत विदाई कार्यक्रम राखेको भन्दै खुसी व्यक्त गरेका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *