आइपीएल: पञ्जाबलाई हराउँदै बैंगलोर ‘प्ले अफ्’ चरणमा पुग्ने संभावना, अाज एक मात्रै खेल हुने

काठमाडौं, जेठ १ । किङ्स ईलेभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्ले अफ् चरणमा पुग्ने संभावना जिवित राखेको छ ।

गएराती भएको खेलमा ८९ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले ८ ओभर १ बलमा विना कुनै विकेटको क्षतिमा जित हासिल गर्‍यो ।

जितपछि पनि सातौं स्थानमै यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ ।

१२ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा झर्दा समान १२ अंक नैं जोडेको राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक नैं छ ।

पञ्जाव विरुद्ध हिजोको खेलमा बैंगलोरका कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५ ओभर १ बलमा सबै विकेट गुमाएर ८८ रन मात्रै जाडेको थियो ।

आइपीएल क्रिकेटमा आज कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *