भारतीय सांसदको ट्वीटप्रति काँग्रेसको आपत्ति

काठमाडौँ, वैशाख ३१ । नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको काँग्रेसको ठहर छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनुभएका बेला भारतीय सांसद आजादले नेपालको अखण्डतामाथि प्रहार हुने अभिव्यक्ति ट्वीट गरेका थिए ।

भारतीय सांसद आजादको उक्त आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको काँग्रेसले घोर निन्दा र भत्र्सना गर्दै स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपालका लागि सह्य हुन नसक्ने जनाएको छ ।

काँग्रेसले यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कूटनीतिक पहल गर्न माग गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *