झुक्याएर युवतीलाई भारतको कोठीसम्म पुर्‍याउने पक्राउ

काठमाडौ, वैशाख ३१ । एक युवतीलाई भारतको कोठीसम्म पुर्‍याएर बेश्याबृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

उपचार गरिदिने भनी झुक्याएर जबरजस्त बेश्याबृत्तिमा लगाएको भन्दै केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्घाखाँचीको सितगंगा नगरपालिका २ का २६ वर्षे रमेश खत्रीलाई पक्राउ गरेको हो ।

नेपाली चेलीलाई दिल्लीस्थित एक अर्पाटमेन्टमा दुई वर्षसम्म बन्धक बनाएर जबरजस्ती बेश्याबृत्तिमा लगाएको भन्दै उजुरी परेपछि सीआईबीले खत्रीलाई पक्राउ गरेको जनाएको जनाएको छ ।

युवतीलाई खत्रीले उपचार पनि गरिदिने र भारतमै जागिर लगाइदिने भन्दै झुक्याएर कोठिसम्म पुर्‍याएको प्रहरीले बताएको छ ।

सीआईबीका अनुसार १३ वर्षदेखि कोठीमा कार्यरत खत्रीले युवतीलाई दुई वर्षसम्म एक अपार्टमेन्टमा राखी अश्लिल तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्याकमेलिङ गरेर बेश्याबृत्तिमा लगाएका थिए ।

खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौबाट ७ दिनको म्याद थप गरी मानव वेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान सुरु गरिएको सीआईबीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *