प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न – यो कस्तो लम्पसारवाद हो ?(भिडियोसहित)

काठमाडौं, बैशाख ३१ । नेपाली कांग्रेका सांसद गगन थापा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली महालम्पसारवादी भएको भन्दै गर्जिए।

सोमबारको संसद बैठकमा सम्बोधन गर्दै थापाले हिजो राष्ट्रवादको जिम्मा लिएको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली आज नाङ्गै हिँडेको आरोप लगाए ।

ओलीभन्दा अघि दुई जना प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गरेको प्रसंग कोट्याउदै थापाले भने, तर उसैगरी कुरा गर्दा कसैलाई सिंगडा खान गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनियो। ‘आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’

सुशील कोइरालाको अडानका बीचमा संविधान आयो, त्यही अडानका बीचमा नाकाबन्दी लागाइयो। त्यही सुशील कोइरालालाई लम्पसारवादी भन्नेले आज नेपालभित्र भारतको सेना किन आयो भन्दै गर्दा सत्तासीन पार्टीका एकजना सांसदले उठेर भने– ‘नेपालको सरकारले सुरक्षा दिन सकेन। त्यसैले भारतको सेना नेपाल आएको हो । ‘, थापाले भने, कतै कालापानी दोहोर्‍याउन खोजिएको त होइन ?

भारतीय राष्ट्रपतिको तामझामलाई व्यंग्य गर्दै एमाले अध्यक्षले त्यतिबेला भनेका थिए– ‘भ्रमण ठीक छ। तर, यो तामझाम हेर्दा भन्न मन लागेको छ कि सरकार लम्पसारवादी भएको छ ।’ थापाले भने, ‘उहाँकै परिभाषा अनुसार यो तामझामलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’

हिजो भारतसँग कुराकानी मात्रै गर्नुपर्छ भन्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दाखेरी घुँडामा घाउ भयो भन्नुभएको थियोु, थापाले भने, ‘हिजो अबदेखि नाकाबन्दी हुँदैन भनेर जिम्मा लिएर भन्ने प्रधानमन्त्रीलाई मैले भन्न पाउने कि नपाउने– तपाईंको घुँडामा भ्वाँङ पर्‍यो कि परेन ?’

थापाले सरकारले चाकडीपन देखाएको आरोप लगाए। उनले विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर बलपूर्वक हटाएकोमा पनि आपत्ति जनाए ।

हिजो एमालेका साथीहरुले भारतीय राजदूतावासको अगाडि गएर प्रदर्शन गर्न पाउने, तर आज कसैले आफ्नो पार्टी कार्यालयको अगाडि ब्यानर राख्न नपाउने ? कोही पत्रकारले प्रवेश गर्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? थापाले प्रश्न गरे ,यो कस्तो लम्पसारवाद हो ?

https://youtu.be/Yw4AoEyIG7M”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *