प्रधानमन्त्रीले लिए लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौ, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइ रहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग भेटेर उनको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

लामिछाने भक्तपुर क्षेत्र नं १ (ख) बाट नेकपा एमालेका तर्फबाट विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *