मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नचिनेको व्यक्ति लोग्ने कायम, वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिदै

“चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिन्दै छन् ।

सो मुद्धाको विषयमा वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की सो मुद्दामा तानिएका हुन् । अन्य दुई अधिवक्ताका नाममा समेत उजुरी परेको र अनुसन्धान भइरहेको छ ।

जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका पतिले पेन्सनपट्टा बनाउने क्रममा सौता ल्याएपछि तिनैलाई सजाय दिलाउन र छोराछोरीको प्राण धान्न कानूनी उपाय खोज्दा बागजुङकी नीरमाया पुनलाई नचिनेका व्यक्ति लोग्ने कायम गरिदिएपछि न्यायाधीश र कानून व्यवसायी अनुसन्धानको घेरामा परेका हुन् ।

नागरिक दैनिक”

प्रतिकृयाहरु
Loading...