मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

अछाम, वैशाख ३० । प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको साँफेबगर नगरपालिकाले निर्धारित १५ ओभरको खेलमा नौ विकेट गुमाउँदै १०४ रन बनायो । एक सय पाँच रनको विजय लक्ष्य पछ्याएको मङ्गला विकास क्लबले ११ दशमलव चार ओभरमा सवै विकेट गुमाएर ७६ रन मात्र बनायो । म्यान अफ द म्याच साँफेबगरका मनिस कुँवर घोषित भए ।

उपाधिसँगै साँफेबगरले रु ७७ हजार ७७७, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता मङ्गला विकास क्लबले रु २५ हजार पुरस्कार पायो । प्रतियोगिताको म्यान अफ द सिरिज मङ्गला विकास क्बलका सागर भण्डारी भए ।

मङ्गला विकास क्लबका अध्यक्ष गणेशबहादुर रावल, जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *