सूर्योदय यातायातलाई लक्षित गरी बम विष्फोट

झापा, वैशाख ३० । झापामा सूर्योदय यातायातको बसमा लक्षित गरी अज्ञात समुहले बम विष्फोट गराएका छन् । झापाको मेचीनगर–७ स्थित प्रनिक पेट्रोल पम्प नजिकै ग्यारेजमा पार्किङ गरी राखेको सूर्योदय यातायातको बसलाई लक्षित गरी अज्ञात समुहले बम विष्फोट गराएको हो ।

आइतबार बिहान मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको यात्रुवाहक बसलाई लक्षित गरी अज्ञात समूहले गराएको बम विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका एक जना कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =