मोदीको भ्रमणको विरोधमा आज नेपाल बन्द, चितवनको भाटभटेनीमा ग्रिनेड बम विस्फोट

चितवन, वैशाख ३० । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् ।

आइतबार विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

‘सीसी टिभीको फुटेजबाट मोटरसाइकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको छ, विप्लवका कार्यकर्ता नै हुन्, खोजी भईरहेको छ’–एसपी थापाले भन्नुभयो । ग्रीनेड बमले भाटभटेनीको पूर्वपट्टि क्षति भएको छ । विप्लव नेतृत्वको नेकपाले आज मोदीको भ्रमणको विरोधमा आज नेपाल बन्द आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *