प्युठानमा रात्रीबस दुर्घटना हुदा ५ को मृत्यु, २१ जना घाईते

प्युठान, वैशाख ३० ।  प्युठानमा रात्री बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । घाइते ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु पायक पर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेकाे अवस्था गम्भिर रहेकाे बताइएकाे छ  ।

ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राती २ बजेर ५० मिनेटतिर बस दुर्घटनामा परेको हो । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक मध्ये चालक वीर बहादुर चौधरिको मात्र सनाखत भएको प्रहरिले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *