अाईपिएल: सन्दिप लामिछानेकाे डेब्यु बलिङमा प्रभाबशाली बलिङ

काठमाडौं, बैशाख ३० । नेपाली खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल)) क्रिकेटमा प्रभावशाली सुरुवात गरेका छन् । दिल्ली डेयरडेभिल्सको १२ औं खेलमा गएराती ‘डेब्यू’ गरेका सन्दिपले रोयल च्यालेन्जर्स बैंग्लोरका पार्थिव पटेलको विकेट लिए ।

यसका बाबजुद दिल्ली विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरसँग ५ विकेटले पराजित भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा सन्दिपको चर्चा गरेकै दिन दिल्लीले उनलाई सुरुवाती एघारमा राख्दै खेल्ने अवसर दिएको थियो ।

बैंग्लोर विरुद्ध हिजोको खेलमा दिल्लीले प्रयोग गरेका ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहे । नियमित खेलाडी ग्लेन म्यासवेलको ठाउँमा खेलेका सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिए । आफ्नो दोस्रो ओभरमा पार्थिवको विकेट लिएका सन्दीपले कोहली, डे भिलायर्स र मोइन अलीविरुद्ध पनि बलिङ गरेका थिए ।

पहिले व्याटिङ गरेको दिल्लीले दिएको १ सय ८२ रनको विजयी लक्ष्य बैंग्लोरले कोहली र डे भिलायर्सको अर्धशतकसँगै खेलमा १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा पुरा ग¥यो । आईपिएल अन्तर्गत हिजो भएको पहिलो खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ३१ रनले हराएको छ । यो जितसँगै कोलकाता प्ले अफ् नजिक पुगेको छ ।

जारी लिगमा ११ खेलबाट १८ अंक जोडेको सनराईजर्स हैदरावाद प्ले अफ्मा पुगिसकेको छ । समान खेलबाट १४ अंक जोडेको चेन्नाई सुपर किङ्स दोस्रो स्थानमा छ । १२-१२ अंक जोडेका पञ्जाव र कोलकाता तेस्रो तथा चौथो स्थानमा रहेका छन् भने मुम्बई इन्डियन्स र राजस्थान रोयल्सको १०/१० अंक भएको छ । ८ अंक जोडेको बैंग्लोर तथा ६ अंक जोडेको दिल्ली भने तालिकाको पुछारमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *