डाेल्पा: भिरबाट लडेर शिक्षकको मृत्यु

डोल्पा,  वैशाख ३० । यहाँको एक विद्यालयको शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ ।  त्रिपुरासुन्दरी नगरपालिका–५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राति ९ बजे त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत ल्हाँ र खदाङबीचमा पर्ने घोडेडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

रोकाया त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित मष्टा आधारभूत विद्यालयमा प्रावि तहका शिक्षक हुन् । त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयबाट फर्केर घरतर्फ जाँदै गर्दा घोडेडाँडा भिरबाट लडेर मृत्यु भएको बताइएको छ ।  मृतक रोकायाको प्रहरी मुचुल्कापछि परिवारले शव बुझेर लगेको बताइएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *