काठमाडौँ महानगरपालिकाले गर्ने मोदीको अभिनन्दन भारतीय राष्ट्रियगानबाट भयो

काठमाडौँ, वैशाख २९ । छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम  हुँदैछ ।

काठमाडौँस्थित राष्ट्रिय सभागृहमा दिउसो तीन बजेर १५ मिनेट जाँदा शुरु भएको अभिनन्दन कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाएर कार्यकंमको शुरुवात गरियो । अभिनन्दन कार्यक्रममा मोदी प्रवेश गरेसँगै भारतीय राष्ट्रिय गान बज्न शुरु भयो  । त्यसपछि मात्रै नेपाली राष्ट्रिय गान शुरु भएको थियो ।

अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रदेश नम्बर तीनको मुख्यमन्त्री डोरमणी पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सँगै भारतीय राजदूत र अन्य अतिथिहरू कार्यक्रममा उपस्थित छन् ।

मोदीको अभिनन्दन कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेश गर्न दिईएन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय सभागृहमा भईरहेको नागरिक अभिनन्दन कार्यक्रममा निजी सञ्चार माध्यमहरुलाई प्रवेश गर्न दिईएको छैन् ।

कार्यक्रमका लागि पास जारी गरिएको भएपछि ठाउँ अभाव भएको भन्दै निजी सञ्चार माध्यमहरुलाई रोक लगाइएको छ ।

समाचार संकलन गर्न गएका पत्रकारहरुले यसको विरोधमा क्यामेरा डाउन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *