आईपीएल: राजस्थानको जीत, आज दुई खेल हुने

काठमाडौं, वैशाख २९ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई हिजो ४ विकेटले हराउँदै प्ले अफमापुग्ने सम्भवनालाई जीवित राखेको छ ।

चेन्नई हारकावावजुद १४ अंकसहित दोस्रो स्थानमा छ । छैटौं स्थानमा यथावत रहेको राजस्थानको १० अंकपुगेको छ ।१ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर जोस बटलरको उच्चप्रदर्शनसँगै ६ विकेटको क्षतिमाआवश्यक रन जोडेको थियो । अविजित रहँदै बटरलले ९५ रनको योगदान गरेकाथिए । ६० बल खेलेकाउनले ११ चौका र २ छक्का प्रहार गरे ।

स्टुवार्ट बिन्नीले २२, सञ्जु सामसनले २१, कृष्णप्पा गोथमले १३ र बेन स्टोक्सले ११ रन जोडेकाथिए ।चेन्नईका डेभिड विली, हरभजन सिंह, रविन्द्र जडेजा, सदृल ठाकुर र ड्वायनब्राभोले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अर्धशतकसँगै निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय७६ रन बनाएको छ ।

आइपिएलमा आज किङ्स ११ पञ्जाब र कोलकता नाइट राइडर्स तथा दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुनेछ । अंकसहित शीर्षस्थानमा रहेको सनराइजर्स हैदराबाद ‘प्ले अफ’का लागि छनोट भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *