जापानः उच्च शिक्षासँगै अार्थिक उपार्जनकाे देश

जतिवेला म यो ब्यवसायमा प्रवेश गरे, पूर्वाञ्चलमा उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुको संख्या नगन्य थियो । भने, विद्यार्थीले भोग्नुपर्ने समस्या पनि उत्तिकै मात्रामा थियो । त्यो समस्याहरुलाई समाधान र ब्यवस्थित गर्न र विद्यार्थीलाई ABROAD STUDY का विविध विषयमा काउन्सेलिङ गर्दै सेवा प्रदान गर्न ग्लोवल टच इन्टरनेश्नल एजुकेशन फाउण्डेशनको स्थापना भएको हो ।

हामीले विशेषगरि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई लागि काम गरिरहेका छौं । तथापि, विद्यार्थीको माग अनुसार अन्य देशका लागि पनि परामर्श दिँदै आएका छौं ।

जापान जाने र अन्य देश जाने विद्यार्थी विच त्यस्तो केहि भिन्नता देखिन्न । यो विद्यार्थीहरुको रुचिको विषय हो । जापान जाने विद्यार्थीहरुको रुचिलाई विष्लेषण गर्दा धेरै नेपाली विद्यार्थीहरुमा उच्च शिक्षा सँगै आर्थिक रुपमा सवल हुनका लागि जापान जानु पर्दछ भन्ने देखिन्छ । आर्थिक अवस्थाका कारणले अन्य देशहरुमा उच्च शिक्षा हासिल गर्न जानुभन्दा जापान जान कम खर्चिलो हुने, सहज भिजा प्रक्रियाका कारणपनि विद्यार्थीहरु आकर्षित भएका छन् ।

कुनैपनि देशमा उच्च शिक्षा हासिल गर्न गएको विद्यार्थीले शुरुमै पैसा कमाउने उद्देश्य लिन्छ भने त्यो गलत हो । जापानमा शुरुमा भाषा सिक्न जाने हो । जवसम्म जापनिज भाषामा पोख्त हुन सकिन्न सेटल हुन गाह्रो हुन्छ । फेरी विद्यार्थी भिजामा भएको विद्यार्थीले हप्ताको २८ घण्टामात्र काम गर्न पाउने भएकोले शुरुमा कमाउने अवस्था रहन्न ।

भाषा जानेर विश्वविद्यालय र कलेज तहमा अध्ययन गर्न थालेपछि भने वर्क परमिट पाइन्छ त्यत्तिबेला राम्ररी काम गर्न पाइन्छ । जापानमा सिप सिकिसकेपछि मात्रै करियर सुनिश्चित गर्न सकिन्छ तसर्थ जापान जाने विद्यार्थीलाई मेरो सल्लाह तपाई शुरुमै कमाउने उद्देश्य लिएर नजानुस् । यसले तपाईको करियर विकासमा सहयोग पुर्याउँदैन ।

जापान जाने विद्यार्थीहरुले बुझ्नु पर्ने कुरा भनेको विषयको छनौट हो । विद्यार्थीले आजको आवश्यकताको विषय भन्दापनि १० बर्षपछि नेपालमा कुन विषयको माग हुन्छ त्यस्तो विषय छनौट गरी अध्ययन गर्नु उपर्युक्त हुन्छ ।

जापानमा होटल म्यानेजमेण्ट, ट्राभल्स एण्ड टुरिजम, आई टि, इन्जिनियरिङ लगायतका विषयहरुको माग बढि देखिएको पाईन्छ । यी अध्ययन गर्दा स्वदेशमा आएर पनि राम्ररी सेटल हुन सकिन्छ ।

जापान गएका केहि विद्यार्थीलाई शरणार्थी हुँदा काम गर्न पैसा कमाउन पाइन्छ भन्ने भ्रम छ । तर, शरणार्थीले कुनै काम पाउने चान्स हुन्न । भोली जापान सरकारले नियन्त्रणमा लियो भने नेपाल समेत पर्कन सक्ने अवस्था हुन्न । यसमा केहि समुह र गिरोहले प्रलोभनमा परेर शरणार्थी भएको हुन सक्छ । विद्यार्थीहरु यस्तो गलत बाटौ नरोजौं ।

तपाईहरुले बजारमा सुन्नु भएको जापान र वास्तविक जापानमा धेरै फरक छ । नेपाली विद्यार्थीले जापान जानु अघि र गएपछि भाषाको लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ । जापानको बारेमा विस्तृत अध्ययन गर्नु होला ।

परामर्शदाताहरु सबै राम्रा र सबै नराम्रापनि हुँदैनन् । विदेश जानुअघि आफुले छनौट गर्न चाहेको परामर्शदाता मान्यता प्राप्त छ कि छैन ? उसले यस अघि कसरी काम गरिरहेछ ? भन्ने कुरा अभिभावक स्वयम् ल्याएर बुझ्न जरुरी छ । धेरैले यस्तो उस्तो भनेर प्रलोभनमा पर्छन् त्यस्ता भ्रामक कुरामा विस्वास गर्नुभन्दा पनि आफैंले इन्टरनेटमार्फत जापान र त्यहाँको भाषा, शिक्षा, कलेज र धर्म संस्कृतिका बारेमा बुझ्न सकिन्छ ।

हामीले यहाँ जापनिज भाषा प्रशिक्षण समेत दिईरहेका छौं । हामी कहाँबाट TOEFL, IELTS, JLPT, NAT, Staff Nurse, Bridge Course CMAT को समेत सुविधा रहेको छ ।

नेपाल शैक्षिक परामर्श संघले पूर्वाञ्चलमै पहिलोपटक शैक्षिक मेला आयोजना गरेको छ । यो शैक्षिक मेलाले ABROAD STUDY मा जाने सोच बनाईरहेका विद्यार्थीलाई धेरै कुरा जानकारी दिनेछ । तसर्थ, सम्पूर्ण विद्यार्थी, अभिभावकलाई बैशाख २७, २८, २९ गते विर्तामोडको होटल फ्लोरिडामा हार्दिक निमन्त्रणा गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *