४ वटा प्रेमीलाई एकसाथ फसाउने नायिका वर्षा राउतको चौका दाउ !

नायिका वर्षा राउतको ४ वटा प्रेमीलाई एकसाथ फसाउने चौका दाउको छायांकन शुरु भएको छ । चामिनोजराज भण्डारी र सौर्यजित बास्कोटाको निर्माणमा बन्न लागेको चलचित्र बिहिबार देखि शुरु भएको हो । चलचित्रको  निर्देशक रविन्द्र झा रहेका छन् ।

चलचित्रमा ४ जना पुरुषकी एक्ली प्रेमिका नायिका वर्षा बनेकी छिन् । चलचित्रमा चार जना पाका मानिसहरुलाई घुमाउने र उनीहरुलाई माया जालमा पार्ने चौका दाउ वर्षाले गर्ने र चलचित्र पूर्ण रुपमा कमेडी बनेको निर्माणपक्षले बताएका छन् ।

चलचित्रको मुख्य भूमिकाको रुपमा सन्तोष पन्तलाई पनि देख्न सकिनेछ । निर्माण पक्षले बताए अनुसार चौका दाउमा वर्षाको ४ वटा बोइफ्रेन्ड मध्ये सन्तोष पन्त पनि रहेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *