पोखराको मणिपाल अस्पतालमा कर्मचारी र प्रहरी बीच झडप, १० घाईते

पोखरा, १९ चैत्र । पोखराको मणिपाल शिक्षण अस्पतालमा अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरी बीच झडप हुदाँ दुवै तर्फका करिब १ दर्जन घाइते भएका छन् ।

घोषित कार्यत्रम अनुसार शान्तिपूर्णरुपमा डिनको कार्यलय परिसरमा धर्नामा बसेका चिकित्सक तथा कर्मचारीमाथि एक्कासि प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको हो। झडपमाा सात जना प्रहरी र ३ जना कर्मचारी घाइते भएका छन् । कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।

उनले घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भईरहेको जानकारी दिए । आन्दोलनकारीको प्रहारबाट अस्पताल दोस्रो तलामा रहको सिसा र डिनको कार्यालय तोड्फोड् भएको सिंहले बताए ।

कर्मचारी ६ महिनायता तलब बृद्धि, विदा, स्थायी गर्नुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलन गदै आएका थिए । उनीहरु अस्पताल प्रशासन अगाडी धर्नासमेत दिदै आएका थिए ।

प्रहरीले धर्नामा हस्तक्षेप गरेको आन्दोलनकारीले बताएका छन्। लोमो समयदेखि आफ्ना माग राख्दापनि प्रशासनले कुनै वास्ता नगरेपछि शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा प्रशासनको मिलेमतोमा प्रहरीले हस्तक्षेप गरे आरोप कर्मचारीले लगाएका छन्।तर,प्रहरीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अवरोध पु¥याउन खोजेको आरोप लगाएको छ।

झडपमा परी घाईते हुनेमा प्रहरी जवानहरु, बिपीन थापा मगर ,गोविन्द राज कोटी ,गमबहादुर थापा, रुपलाल थापा, यमुना राज कोटी, अन्जना घर्ती र तुलसा पोख्रेल रहेका छन् । कर्मचारी तर्फ राजबहादुर घर्ती कर्णबहादुर के.सी. र अमर गुरुङ लगाएतको रहेका छन् । उनिहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ।

तलवको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जहरुलाई ईन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, संचित विदाको १ सय ८० दिन (पूरै) विदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् ।

प्रहरीले कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारी सहितको २० जनाको टोलीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *