भारतमा चार तल्ले होटल भत्किदा १० जनाको मृत्यु

काठमाडौं, चैत १८ । भारत मध्य प्रदेशको इन्दौरमा चार तल्ले होटल भत्किदा १० जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको र ४ जनाको अवस्था गम्भिर रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

इन्दौरको सरवते क्षेत्रको बस पार्क नजिकै रहेको होटल भत्किएको हो । होटल भित्रै अझै धेरै जना रहेको आशंकामा प्रहरीले उद्दार कार्य जारी राखेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *