विश्व प्रख्यात बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनमा

काठमाडौं, चैत १८ । महान् भौतिक तथा खगोल बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनको क्याम्ब्रिज युनिभर्सिटी कलेजनजिकको चर्चमा हुने भएको छ ।

क्याम्ब्रिज युनिभर्सिटीमा ५० बर्षभन्दा बढी प्राध्यापकका रुपमा काम गरेका हकिङको अन्तिम संस्कार सोही युनिभर्सिटीनजिकको चर्चमा गर्न लागिएको हो ।

उहाँको अन्तिम संस्कार सामान्य रुपमा मात्रै गरिने पारिवारीक श्रोतले जनाएको छ । विश्वका चर्चित बैज्ञानिक हकिङले ब्रमाण्डको रहस्य खोज्नुका साथै गणितीय प्रमाणहरु तयार पारी बैज्ञानिक जगतमा तहल्का मच्चाएका थिए ।

उहाँको पछिल्लो सिद्धान्तले बहु ब्रमाण्डको उपस्थितिको प्रमाण खोज्न सकिने आंकलन गरिएको छ । हकिङको गत महिना ७६ बर्षमा निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *