रियल मड्रिडले पाल्मासलाई ३–० ले हरायो

काठमाडौं, चैत १८ । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अंक बाँड्दा रियल मड्रिडले भने सहज जित निकालेको छ । सेभियाले लिएको दुई गोलको अग्रतामा मेस्सी र स्वारेजले ८० सेकेण्डमा दुई गोल गरेपछि बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो ।

सेभियाको मैदानमा भएको खेलमा फ्राङ्को भाज्क्वेजले गोल गर्दै सेभियालाई ३६ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि ५० औं मिनेटमा लुइस मुरियलले सेभियाको अग्रता दोब्बर बनाए ।

सुरुवातमा दबाबमा परेको बार्सिलोना ५८ औं मिनेटमा लियोनेल मेस्सी बेन्चबाट मैदानमा आएपछि सेभियालाई दबाब दिन सफल भएको थियो । ८८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै सेभियाको अग्रता छोट्याएका थिए ।

८९ औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै खेल बराबरीमा पु¥याए । ला लिगा तालिकामा बार्सिलोनाको ७६ अंक छ भने सेभिया ४६ अंकसहित छैटौं स्थानमा छ । रियल मड्रिडले लास पाल्मासलाई ३–० ले हरायो । जसमा ग्यारेथ बेलले दुई गोल गरेका थिए । २६ औं मिनेटमा लुका मोड्रिचको पासमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई २–० को अग्रता दिलाए । ५१ औं मिनेटमा रियलले अर्को पेनाल्टी पाउँदा ग्यारेथ बेलले गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *