धरान उपमहानगरले लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी बनाउने

धरान, चैत १७ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले लक्षित वर्गको क्षेत्रमा उपमहानगरले गर्दै आएको कार्यक्रमलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका छन् ।

धरान ७ स्थित पानमारार बस स्टेशनमा आयोजित सवारी चालक प्रशिक्षण कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै सुब्बाले विगतका दिनमा उपमहानगरपलिकामा आदिवासी जनजाती, दलित, महिला, युवा वर्गलाई लक्षित गरेर बनाइएको बजेट छुट्याइसकेपछि त्यसको अनुगमन प्रभावकारी हुन नसकेको भन्दै लक्षित कार्यक्रमलाई प्रभावकारी बनाइने बताए ।

उनले अहिले मुलुकमा संघीयता आएपनि स्थानीय तहको काम गर्ने तौरतरिका पुरातन ढंगकै रहेको बताए ।

विगतमा महिला,, युवा लगायतलाई सम्पूर्ण बजेटको १० प्रतिशत र आदिवासी जनजाति ,दलित लगायतका पिछडिएका वर्ग समुदायका लागि १५ प्रतिशत बजेट उनीहरुको वृत्ति विकासका लागि छुट्याइएको त्यो प्रभावकारी नभएको सर्वसाधारणको गुनासो समेत आइरहेको सुब्बाले बताए ।

लक्षित कार्यक्रम अन्तर्गत पछिल्लो समय धरान उपमहानगरपालिकाले वडा नं. ७ का युवाहरुको वृत्ति विकासका लागि १ लाख रुपैया बजेट छुट्याएको छ ।

पहिलो चरण अन्तर्गत छुट्याइएको बजेटबाट पाथीभरा ड्राइभिङ सेन्टर मार्फत ९ जना युवालाई सवारी चालक प्रशिक्षण कार्यक्रम सञ्चालन शुरु समेत गरेको छ । तालिममा धरान ७ का अनुष भण्डारी, सुविना सुवेदी, अनु राई, विक्रम राई, विवेक अधिकारी, सुमन श्रेष्ठ, निराधामी श्रेष्ठ, मनिष भुजेल र भरत श्रेष्ठको सहभागीता रहेको छ ।

कार्यक्रममा यातायात व्यवसायी एवम् सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *