नेता खड्काको निधनमा काँग्रेस बैठक स्थगन

काठमाडौँ, १७ चैत । निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।

पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएकामा उहाँप्रति सम्मान प्रकट गर्दै भोलिका लागि निर्धारित बैठक स्थगन भएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज राति नेता खड्काको शव राजधानी ल्याइनेछ भने भोलि बिहान ९ बजेसम्म सानेपास्थित उहाँकै निवासमा राखिनेछ । बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । अपराह्न १ बजेपछि नेता खड्काको आर्यघाटतर्फ शवयात्रा प्रारम्भ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *